पोखरामा लुडो खेलिरहेका ५ जना ७२ हजार नगदसहित प्रकाउ

पाेखरा | माघ २१, २०८०

पोखरामा लुडो खेलिरहेका ५ जना ७२ हजार नगदसहित प्रकाउ

पोखरा:     जिल्ला प्रहरी कार्यालय कास्कीले लुडो (जुवा) खेलिरहेका ५ जनालाई ७२ हजार २ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका–११ धरहरा मार्गमा लुडो (जुवा) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलिले ५ जनालाई लुडो खेलिरहेको अवस्थामा नगदसहित प्रकाउ गरेको हो । 


लुडो खेल्दे गरेको अवस्थामा पोखरा महागनरपालिका–११ बस्ने ३२ वर्षीय प्रदिप बहादुर गुरुङ, ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा– लेकसाईडबस्ने ३९ वर्षीय विकास विकलाई ७२ हजार २सय २५ सहित प्रकाउ गरेको प्रहरीले जनाएको छ । 


प्रहरीले उनीहरुको साथबाट लुडो खेल्ने प्रयोग हुने १ थान बोर्ड, विभिन्न रंगका १६ थान गोट्टी, लुडोको गोट्टी हल्लाउन प्रयोग हुने बट्टा १ थान र ७२ हजार २ सय २५ रुपैयाँ नगद बरामद गरेको कास्की प्रहरीले जनाएको छ । 


प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुुर (जुवा खेल्न वा सट्टेवाजी) गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्